Khabar Board
Flash logo up side
Nirbachan aayog

विश्वकपमा धेरै म्याच जित्ने टोली : शीर्षमा नेयमारको ब्राजिल, कहाँ छ अन्यको स्थान? [सूचीसहित]

Nirbachan m

काठमाडौं ।

यसपालिको फिफा विश्वकप फुटबल २१ नोभेम्बरदेखि कतारमा सुरु हुँदैछ । विश्वकप १८ डिसेम्बरसम्म हुनेछ । आसन्न संस्करणको विश्वकपमा आठ समूहमा रहेर ३२ टिमले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपको खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ ।

कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो । समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए । समान अङ्क ल्याउने टोलीहरूबीच प्लेअफ खेल भयो ।

सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ । तर, युरोपियन च्याम्पियन इटाली विश्वकपमा छनौट हुन असफल रहेको छ । लिग खेल प्रत्येक समूहका चार/चार टोलीबीच हुनेछ । विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन् । चारपटक विश्व विजेता जर्मनी, दुईपटक विश्व विजेता फ्रान्स, एकपटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन् ।

एसियाबाट ६ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् । जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार रहेका छन् । अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन् । त्यस्तै, दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन् । दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता अर्जेन्टिना र उरुग्वे अनि इक्वेडर प्रतिस्पर्धामा उत्रिँदै छन् ।

उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन् । विश्वकपको इतिहास हेर्दा हालसम्म आठ देशले उपाधि जितेका छन् । फुटबल विश्वकपको मिति नजिकिएसँगै समर्थक उत्साहित हुन थालेका छन् । सामाजिक सञ्जालमा यसपालि कुन टिमले विश्वकप जित्ला भनेर अनुमानसमेत हुन थालेका छन् । यसैबीच, आज हालसम्म विश्वकप फुटबलमा सर्वाधिक म्याच जित्ने ८ टोलीको चर्चा गर्दैछौं :

Panacea Education

यो सूचीको शीर्ष स्थानमा पाँचपटकको विजेता ब्राजिलको नाम आउँछ । उसले अहिलेसम्म कूल १०९ वटा म्याच खेलेको छ । जसमा ब्राजिलले सर्वाधिक ७३ म्याच जितेको छ । उसले १८ खेलमा हार बेहोर्दा १९ म्याच भने बराबरी खेलेको छ । यो सूचीको दोस्रो स्थानमा जर्मनीको नाम आउँछ ।

उसले पनि हालसम्म १०९ विश्वकप म्याच खेलेको छ । जसमा जर्मनीले ६७ मा जित निकाल्दा २२ मा हार र २० म्याच ड्र खेलेको छ । विश्वकपमा सर्वाधिक म्याच जित्ने सूचीको तेस्रो स्थानमा इटालीको नाम आउँछ । उसले हालसम्म ८३ म्याच खेल्दा चारपटक उपाधि जितेको छ ।

इटालीले त्यसक्रममा ४५ मा जित र १७ खेलमा हार बेहोरेको छ । उसले २१ विश्वकप म्याच ड्र खेलेको छ । त्यस्तै, यो सूचीको चौथो स्थानमा अर्जेन्टिना छ । उसले अहिलेसम्म ८१ विश्वकप म्याच खेलेको छ । जसमा उसले ४३ मा जित, २३ मा हार बेहोर्दा १५ म्याच बराबरी खेलेको छ । विश्वकप फुटबलमा धेरै म्याच जित्ने टोलीको पाँचौंमा फ्रान्सको नाम आउँछ ।

हालसम्म दुईपटक उपाधि जितेको उसले ६६ म्याच खेलेको छ । जसमा फ्रान्सले ३४ मा जित र १९ खेलमा हारको सामना गरेको छ । फ्रान्सले १३ म्याच बराबरी खेलेको छ । यो सूचीको छैटौं स्थानमा स्पेनको नाम आउँछ । ६३ म्याच खेलेको उसले ३० मा जित, १८ मा हार र १५ म्याच ड्र खेलेको छ । विश्वकपमा सर्वाधिक म्याच जित्ने लिस्टको सातौं स्थानमा इंग्ल्याण्डको नाम आउँछ ।

उसले हालसम्म ६९ म्याच खेलेको छ । जसमा इंग्ल्याण्डले २९ मा जित, २१ मा बराबरी र १९ खेलमा हार बेहोरेको छ । त्यस्तै, आठौं स्थानमा उरुग्वेको नाम आउँछ । हालसम्म दुईपटक विश्वकप उपाधि जितेको उसले ५६ म्याच खेल्दा २४ मा जित, २० मा हार र १२ म्याच बराबरी खेलेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.