काठमाडौं ।
एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई २५९ रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाएर २५८ रन बनायो । उसका लागि मध्यक्रमका ब्याटर चरित अशलंकाले शतकीय पारी खेले ।
उनले दबाबका बाबजुद पनि १०६ बलमा १० चौका र एक छक्काको मद्दतमा ११० रनको पारी खेलेका हुन् । एकदिवसीयमा अशलंकाको यो पहिलो शतक हो । त्यस्तै, धनन्जय डिसिल्भाले ६१ ब्लमा सात चौकासहित ६० रनको योगदान दिए । वानिन्दु हसरंगाले अविजित २१, दुसनथ वेललेगले १९, कुशल मेन्डिसले १४ र पथुम निशंकाले १३ रन बनाए ।
अष्ट्रेलियाका लागि मिचेल मार्श, प्याट कमिन्स, म्याथ्यू कुहनेमनले दुई/दुई र ग्लेन म्याक्सवेलले एक विकेट लिए । अष्ट्रेलियाले तीन विकेट रन आउटको रूपमा प्राप्त गर्यो । पाँच खेलको सिरिजमा श्रीलंकाले २–१ ले अग्रता बनाएको छ । सिरिजमा जीवितै रहन उसले चौथो खेल जित्नैपर्ने हुन्छ ।