Khabar Board
Flash logo up side
Nirbachan aayog

श्रीलंकामा अष्ट्रेलियाको ३० वर्षयताकै खराब प्रदर्शन, ४ रनले हारेसँगै एक खेल अगावै गुमायो सिरिज

Nirbachan m

काठमाडौं ।

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज पाहुना टोली अष्ट्रेलियाले एक खेल अगावै गुमाएको छ । गएराति सम्पन्न म्याचमा चार रनले पराजित भएसँगै अष्ट्रेलियाले एक खेल अगावै सिरिज गुमाएको हो । श्रीलंकाले घरेलु मैदानमा ३० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जित्यो । उसले अन्तिमपटक सन् १९९२ मा अस्ट्रेलियाविरुद्धको श्रृंखला जितेको थियो ।

जित्नैपर्ने खेलमा श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५४ रन मात्र बनाउन सक्यो । उसका लागि डेविड वार्नरले ११२ बलमा १२ चौकासहित ९९ रनको पारी खेले । त्यस्तै, प्याट कमिन्स ३५, ट्रभिस हेड २७, मिचेल मार्श २६, एलेक्स क्यारी १९, म्याथ्यू कुहनेमनल १५, मार्नस लाबुसेन १४ र क्यामरोन ग्रीन १३ रनमा आउट भए ।

श्रीलंकाका लागि धनन्जय डिसिल्भा, चमिका करुणारत्ने, जेफ्री भान्डर्सेले दुई/दुई, वानिन्दु हसरंगा, महेश थिक्क्षणा, कप्तान दसुन शानका र दुनिथ वेललागेले एक/एक विकेट लिए । त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाएर २५८ रन बनायो । उसका लागि मध्यक्रमका ब्याटर चरित अशलंकाले शतकीय पारी खेले ।

Panacea Education

उनले दबाबका बाबजुद पनि १०६ बलमा १० चौका र एक छक्काको मद्दतमा ११० रनको पारी खेलेका हुन् । एकदिवसीयमा अशलंकाको यो पहिलो शतक हो । त्यस्तै, धनन्जय डिसिल्भाले ६१ ब्लमा सात चौकासहित ६० रनको योगदान दिए । वानिन्दु हसरंगाले अविजित २१, दुसनथ वेललेगले १९, कुशल मेन्डिसले १४ र पथुम निशंकाले १३ रन बनाए ।

अष्ट्रेलियाका लागि मिचेल मार्श, प्याट कमिन्स, म्याथ्यू कुहनेमनले दुई/दुई र ग्लेन म्याक्सवेलले एक विकेट लिए । अष्ट्रेलियाले तीन विकेट रन आउटको रूपमा प्राप्त गर्‍यो । अस्ट्रेलिया र श्रीलंकाबीचको अन्तिम तथा पाँचौं एकदिवसीय शुक्रबार हुनेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.