Khabar Board
Flash logo up side
flash header

नेपालसँग खेल्नुअघि लयमा ओझा, ११५ रन बनाउँदै टिमलाई दिलाइन् ‘कीर्तिमानी’ जित

Nirbachan m

काठमाडौं ।

एसीसी महिला टी–२० च्याम्पियनसिपमा यूएई समूह विजताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आज कतारलाई १५३ रनले हराउँदै ऊ समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइलमा प्रवेश गरेको हो । कतारविरुद्ध यूएईको यो हालसम्मकै फराकिलो जित हो ।

यूएईले चारमध्ये तीनमा खेलमा जित निकाल्यो । उसले एक खेलमा भने वर्षाका कारण अंक बाँड्यो । कतारले भने चार खेलमध्ये दुईमा जित र दुई खेलमा हार बेहोरेको छ । आफ्नो चौथो खेलमा यूएईले दिएको २१५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

उसका लागि साची धडवाल र एन्जेलिन मारेले सर्वाधिक ११/११ रन बनाए । यूएईका लागि सुरक्षा कोट्टेले चार ओभरमा ११ रन दिएर सर्वाधिक चार विकेट लिए । त्यसअघि क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ रोजेको यूएईले एक विकेट गुमाएर २१४ रन बनायो ।

Center article

उसका लागि ईशा ओझाले शतकीय पारी खेले । ६७ बलको सामना गरेकी उनले १८ चौका र तीन छक्कासहित ११५ रन बनाइन् । त्यस्तै, तीर्था सतीशले ४२ बलमा पाँच चौकासहित ५५ रनको योगदान दिइन् । कविशा इगोडागे २८ रनमा अविजित रहिन् ।

कतारका लागि साची धडवालले एक विकेट लिइन् । अब सेमिफाइनलमा यूएईले समूह ‘बी’को उपविजेता नेपालको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल शुक्रबार हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.