Khabar Board
Flash logo up side
Nirbachan aayog

आईसीसी वरियतामा दिनेश कार्तिकको छलाङ, एकैपटक सुधार गरे १०८ स्थान !

Nirbachan m

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ टी–२० वरियतामा भारत शीर्ष स्थानमा कायमै छ । नयाँ वरियतामा इशान किशन छैटौं स्थानमा उक्लिएका छन् । यसअघि उनी सातौं स्थानमा थिए । त्यस्तै, दिनेश कार्तिक १०८ स्थान माथि उक्लदै ८७ औँ स्थानमा पुगेका छन् ।

बलिङमा युजवेन्द्र चहल तीन स्थानमाथि उक्लिएर २३ औं स्थानमा पुगेका छन् । एकदिवसीय वरियतामा अष्ट्रेलियाका डेविड वार्नर एक स्थानमाथि उक्लिएर नवौं, श्रीलंकाका चरित असलंका १९ स्थान माथि ३२औँ र धनन्जय डी सिल्भा १२ स्थान माथि ६९औँ स्थानमा पुगेका छन् ।

बलिङमा धनञ्जय डि सिल्भा ११ स्थानमाथि ६१औँ स्थानमा पुगेका छन् । टेष्ट वरियतामा वेस्ट इन्डिजका केमार रोच बलिङमा चार स्थान माथि उक्लिएर आठौं स्थानमा पुगेका छन् । बंगलादेशका शकिब अल हसन १४ स्थान माथि उक्लिएर ब्याटिङमा ३२औँ र अलराउन्डरको वरियतामा दुई स्थान माथि उक्लिएका छन् ।

वेस्ट इन्डिजका क्रेग ब्राथवेट एक स्थान माथि २८औँ, जर्मेन ब्ल्याकवुड ६ स्थान माथि ३३औं र जोन क्याम्पबेल ११ स्थान माथि ८१औँ स्थानमा पुगेका छन् । बलिङमा कायल मेयर्स पाँच स्थान माथि ४०औँ र अल्जारी जोसेफ ९ स्थान माथि ४८औँ स्थानमा पुगेका छन् ।

Panacea Education

कहाँ छ नेपाली खेलाडीकाे स्थान?

नयाँ वरियतामा नेपालबाट टी–२० अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी नवौं स्थानमा यथावत छन् । त्यस्तै, उपकप्तान रोहितकुमार पौडेल एकदिवसीय वरियताको ब्याटिङतर्फ ७५ औं स्थानमा उक्लिएका छन् । टी–२० को ब्याटिङ वरियतामा कुशल भुर्तेल ३९ औं, दीपेन्द्रसिंह ऐरी ४३ औं र आसिफ शेख ९९ स्थानमा छन् ।

बलिङतर्फ सन्दीप लामिछाने ४० औं र अविनाश बोहरा ९१ औं स्थानमा छन् । एकदिवसीय बलिङ वरियतामा सन्दीप ३९ औं र करण केसी ९३ औं स्थानमा छन् । टिमको कुरा नेपाल एकदिवसीयतर्फ १९ औं र टी–२० तर्फ १३ औं स्थानमा छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.