Khabar Board
Flash logo up side
flash header

नेदरल्याण्ड्सले दियो इंग्ल्याण्डलाई २४५ रनको लक्ष्य, तीन ब्याटरले खेले अर्धशतकीय पारी

Nirbachan m

काठमाडौं ।

एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेदरल्याण्ड्सले इंग्ल्याण्डलाई २४५ रनको लक्ष्य दिएको छ । भिराए ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रन बनायो । उसका लागि तीन ब्याटरले अर्धशतकीय पारी खेले ।

म्याक्स ओदाउद, बासडी लीडे र कप्तान स्कट इड्रवासले अर्धशतकीय पारी खेलेका हुन् । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा स्कटले ७२ बलमा दुई चौकासहित ६४ रन बनाए । त्यस्तै, लीडेले ७८ बलमा तीन चौकासहित ५६ रनको पारी खेले ।

Center article

म्याक्सले ६९ बलमा ६ चौकासहित ५० रनको योगदान दिए । टम कूपर ३३ रनमा आउट हुँदा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । इंग्ल्याण्डका लागि डेविड विलीले चार, ब्रेण्ड क्रेसीले दुई, आदिल राशिद, लियाम लिभिङस्टोन र डेविड प्यानीले एक/एक विकेट लिए । तीन खेलको सिरिजमा इंग्ल्याण्डले २–० को अग्रता बनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.