काठमाडौं ।
मलेसियामा भइरहेको एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनल युएईसँग खेल्ने भएको छ। शुक्रबार हुने सेमिफाइनलमा नेपालले युएईलाई हराउन सके महिला एसिया कपमा स्थान बनाउने छ ।
समूह ‘ए’ र ‘बी’ का अन्तिम खेल बुधबार सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘ए’ बाट युएई विजेता बन्दै अन्तिम चारमा पुग्यो। समूहबाट मलेसिया समूह उपविजेता बन्यो। समूह ‘बी’ मा चारै खेल जितेको हङकङ विजेता र तीन खेलमा जित निकालेको नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगे।
नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग हार बेहोरेको थियो। त्यसअघि नेपालले लगातार तीन खेलमा जित निकालेको थियो। अब सेमिफाइनलमा नेपाल र युएई तथा हङकङ र मलेसियाबीच खेल हुनेछ। दुवै खेल शुक्रबार हुनेछन्। फाइनल खेल शनिबार हुनेछ।
अंक तालिका : हङकङ ४ खेलमा ८ अंकका साथ समूह बी मा शीर्षस्थानमा रह्यो । नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कुवेत ४ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । भुटान ४ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रह्यो । बहराइन खेलमा २ मा हारका साथ १ अंकसाथ पुछारमा रह्यो ।
युएई समूह ए मा ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्दै शीर्षस्थानमा छ । मलेसिया ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रह्यो । कतार ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । सिंगापुर ४ खेलमा २ अंकका साथ चौथो र ओमान ४ खेलमा १ अंकका साथ पुछारमा छ ।