Khabar Board

एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई मनोनित भएका छन् । एन्फाको नयाँ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले बुधबार राईलाई महासचिव मनोनित गरेको हो ।

राई अघिल्लो कार्यसमितिको प्रवक्ता थिए । तर, उनले राजीनामा दिएका थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ । उनी अघिल्लो पटक पनि कोषाध्यक्ष थिए ।

समाजिक बिकास कार्यालय बैतडी

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको निर्वाचनबाट पंकजबिक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । महासचिव र कोषाध्यक्ष भने मनोनित हुने प्रावधान रहेको छ ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.