Khabar Board
Flash logo up side
flash header

नेदरल्याण्ड्ससँगको सिरिज इंग्ल्याण्डले गर्‍यो क्लिन स्विप, रोय र बटलरले गरे चौका/छक्काको वर्षा

Nirbachan m

काठमाडौं।

नेदरल्याण्ड्ससँगको तीन खेलको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज इंग्लायण्डले क्लिन स्विप गरेको छ । बुधबार भएको खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेसँगै इंग्ल्याण्डले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेदरल्याण्ड्सले दिएको २ सय ४५ रनको लक्ष्य इंग्ल्याण्डले ३०.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर जेसन रोयले शतकीय पारी खेले । उनले ८६ बलमा १५ चौकाको मद्दतमा अविजित १०१ रन बनाए ।

त्यस्तै, कप्तान जोश बटरले पनि अर्धशतकीय पारी खेले । उनले ६४ बलमा ७ चौका र ५ छक्काको सहयोगमा नटआउट ८६ रनको योगदान दिए । त्यस्तै, इंग्ल्याण्डको जितमा फिल साल्टले ४९ रन जोडे ।

Center article

नेदरल्याण्ड्सका लागि बलिङमा पउल भ्यान मिकरेन दुई विकेट लिए । त्यसअघि भिराए ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रन बनायो । उसका लागि तीन ब्याटरले अर्धशतकीय पारी खेले ।

म्याक्स ओदाउद, बासडी लीडे र कप्तान स्कट इड्रवासले अर्धशतकीय पारी खेलेका हुन् । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा स्कटले ७२ बलमा दुई चौकासहित ६४ रन बनाए । त्यस्तै, लीडेले ७८ बलमा तीन चौकासहित ५६ रनको पारी खेले ।

म्याक्सले ६९ बलमा ६ चौकासहित ५० रनको योगदान दिए । टम कूपर ३३ रनमा आउट हुँदा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । इंग्ल्याण्डका लागि डेविड विलीले चार, ब्रेण्ड क्रेसीले दुई, आदिल राशिद, लियाम लिभिङस्टोन र डेविड प्यानीले एक/एक विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.