Khabar Board
Flash logo up side
flash header

भारतीय टोलीमाथि इटालीले गर्‍यो गोलको वर्षा

Nirbachan m

काठमाडौं ।

महिला फुटबल प्रतियोगिताअन्तर्गत इटालीसँग भारत यू–१७ महिला टोली ०–७ गोल अन्तरले पराजित भएको छ । गएराति भएको खेलमा भारतले इटालीविरुद्ध फराकिलो हार बेहोरेको हो । खेलमा पहिलो हाफमा इटालीले ३ र दोस्रो हाफमा ४ गोल गर्न सफल भयो ।

इटालीले खेलको ११ औं मिनेटमा मारिया रसीको गोलबाट अग्रता लिएको थियो । त्यस्तै, इटालीले ३१ औं र ३३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै आफूलाई बलियो अवस्थामा ल्यायो । दोस्रो हाफमा थप ४ गोल गर्दै इटालीले फराकिलो जित निकाल्न सफल भयो ।

भारतीय टोली : मोनालिसा देवी, अस्तम ओराँओ (कप्तान), काजल (सुधा अंकिता टिर्की), नकेता, पूर्णिमा कुमारी, वर्षाका, नितु लिन्डा (नेहा), शैलजा (पिंकु देवी), अनिता कुमारी (शुभांगी सिंह), काजोल डिजौजा (बबिना देवी) र बिजो (रजिया देवी लैश्राम) ।

अलमुताइरीले टोलीबाट निकालेका खेलाडीलाई फिर्ता बोलाउने एन्फा बैठकको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एन्फा कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई स–सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।

Center article

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्दसहित १० खेलाडी तथा उनीहरूको समर्थन गरेको भन्दै कप्तान किरण चेम्जोङलाई राष्ट्रिय टोलीबाट बाहिर निकालेका थिए ।

प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अञ्जन विष्टलाई टिमबाट निकालिएको थियो । त्यस्तै, बैठकले छानविन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा अलमुताइरी र कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई निर्देशन दिएको छ ।

बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीद्र जोशी र विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.