Khabar Board
Flash logo up side
flash header

इंग्ल्याण्डमा पुजारा, पन्तसहित चार खेलाडीले भारतविरुद्ध नै खेल्ने, गरियो टोली घोषणा

Nirbachan m

काठमाडौं ।

लेस्टरशायरविरुद्धको अभ्यास खेलका लागि भारतीय टोलीको नाम सार्वजनिक भएको छ । केही भारतीय खेलाडीले विपक्षी टोली लेस्टरशायरबाट खेल्नेछन् । लेस्टरशायरको टोलीमा भारतीय टोलीका चार खेलाडीको नाम समावेश गरिएको छ ।

भर्खरै काउन्टी च्याम्पियनसिपमा ससेक्सबाट खेलेका चेतेश्वर पुजारालाई लेस्टरशायरमा समावेश गरिएको छ । उनीबाहेक ऋषभ पन्त र जसप्रित बुमराहको नाम पनि यो टिममा परेको छ । चौथो नाम प्रसिद्ध कृष्णाको हो ।

बाँकी खेलाडीलाई रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीमा राखिएको छ । केएस भरतले भारतीय टोलीबाट विकेटकिपरको भूमिकामा खेल्नेछन् । चार खेलाडी विपक्षी टोलीमा परेकाले खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

भारतीय टोलीको अभ्यास खेल बिहीबारदेखि सुरु हुँदैछ । भारतीय टोली केही दिनदेखि त्यहाँ अभ्यास सत्रमा सहभागी हुँदै आएको छ । ऋषभ पन्त र श्रेयस अय्यर लामो समयदेखि भारतीय टोलीसँग आवद्ध छन् । दुवै दक्षिण अफ्रिकाविरुद्ध घरेलु टी–२० सिरिज खेल्न व्यस्त थिए । उनीबाहेक मुख्य प्रशिक्षक राहुल द्रविड पनि पछि आएका छन् ।

Center article

इंग्ल्यान्डविरुद्धको पाँचौं टेस्ट खेलअघि भारतीय टोलीका लागि अभ्यास खेल आवश्यक थियो । गत वर्षको सिरिजमा खेलिएका चार खेलमा टीम इन्डियाको प्रदर्शन बलियो रह्यो । यो सिरिजमा भारतीय टोली २–१ ले अगाडि छ ।

लेस्टरशायरको टोली : साम इभान्स (कप्तान), रेहान अहमद, साम बेट्स (विकेटकिपर), नेट बलि, विल डेभिस, जोय इभिसन, लुइस किम्बर, अबी सक्कन्दे, रोमन वाकर, चेतेश्वर पुजारा, ऋषभ पन्त, जसप्रित बुमराह र प्रसिद्ध कृष्णा।

भारतीय टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हनुमा विहारी, केएस भरत (विकेटकिपर), रवीन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज र उमेश यादव ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.