काठमाडौं ।
क्रिकेट सुरुमा ढिलो खेल मानिन्थ्यो । टेस्ट क्रिकेटका लागि दिनको कुनै सीमा थिएन । त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटमा केही परिवर्तन देखियो । समयसँगै क्रिकेटमा पनि परिवर्तन आएको छ । टेस्ट क्रिकेट पछि एकदिवसीय क्रिकेट र त्यसपछि टी–२० ढाँचा पनि धेरै छोटो समयमा धेरै लोकप्रिय भयो।
अन्तर्राष्ट्रिय क्रिकेटमा कतिपय खेलाडी यस्ता देखिएका छन्, जसलाई ढाँचासँग कुनै सरोकार छैन । खेल्ने उनको आफ्नै शैली थियो । र, बलरहरूले कठिनाइहरूको सामना गर्नुपरेको थियो । यी ब्याटरको आफ्नै र निडर भएर खेल्ने शैली थियो । यस्ता विस्फोटक ब्याटिङ गर्ने खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै देखिएका छन् ।
टेस्ट क्रिकेट होस् वा सीमित ओभरको ढाँचा, केही खेलाडीको ब्याट एउटै शैलीमा चल्थ्यो। सायद यही कारणले गर्दा दर्शकले पनि यी खेलाडीहरूलाई यति धेरै माया र सम्मान दिएका छन् । आज अन्तर्राष्ट्रिय क्रिकेटका तीन यस्ता ब्याटरको चर्चा गर्दैछौं, जो कुनै पनि बलरसँग डराउँदैन थिए :
१. भिभियन रिचर्ड्स : आफ्नो समयमा वेस्ट इन्डिजका महान खेलाडी रिचर्ड्सले बलरलाई आफूमाथि हाबी हुन दिएनन् । टेस्ट क्रिकेटमा ब्याटरले डिफेन्समा बढी ध्यान दिने गर्दथे, रिचर्ड्स त्यतिबेला तूफानी ब्याटिङ गर्थे । उनलाई बलर वा अन्य कुराको वास्ता थिएन । रिचर्ड्स ब्याट चलाउनमा विश्वास गर्थे । उनले टेस्टमा ८५४० र एकदिवसीयमा ६७२१ रन बनाएका छन् ।
२. क्रिस गेल : विस्फोटक ब्याटिङ गर्न रुचाउने क्रिस गेल पनि कुनै पनि बलरसँग डराउँदैनन् । क्रिकेटको हरेक फर्म्याटमा उनले विस्फोटक ब्याटिङ गरेका छन् । गेलले जसरी टी–२० क्रिकेटमा तूफान ल्याएका छन्, त्यसरी नै एकदिवसीय र टेस्ट क्रिकेटमा पनि निरन्तरता दिए । उनले आईपीएलमा बैग्लोरका लागि अविजित १७५ रनको पारी खेले ।
जुन अझै पनि सबैको सम्झना छ । गेलले टेस्ट क्रिकेटमा पनि ट्रिपल सेन्चुरी बनाएका छन् । धेरैजसो अवसरमा उनी उभिएर छक्का प्रहारमा विश्वास गर्थे । गेलले फास्ट बलर र स्पिनर दुवैलाई एकै किसिमले प्रहार गर्थे । उनका लागि दुवै प्रकारका बलरलाई प्रहार गर्नु नै अन्तिम लक्ष्य थियो । गेलले १०३ टेष्टमा ७२१४, ३०१ एकदिवसीयमा १०४८० र ७९ टी–२० म्याचमा १८९९ रन बनाएका छन् ।
३. वीरेन्द्र सहवाग : भारतीय टिमका पूर्वस्टार ब्याटर वीरेन्द्र सहवागले पनि विश्वका उत्कृष्ट फास्ट बलर र उत्कृष्ट स्पिनरविरुद्ध निकै सहजताका साथ खेले । उनले हरेक फर्म्याटमा निडर भएरु उत्कृष्ट ब्याटिङ गरे । सहवागले टेस्ट क्रिकेटमा दुईपटक ट्रिपल सेन्चुरी बनाएका छन् ।
यसबाहेक सहवागले एकदिवसीयमा दोहोरो शतक पनि बनाएका छन् । उनले पिच र मौसमको वास्ता गरेनन् । सहवाग ब्याटिङका क्रममा विश्वका हरेक कुनामा आक्रामक हुने गर्दथे । उनले १०४ टेष्टमा ८५८६, २५१ टेष्टमा ८२७३ र १९ टी–२० मा ३९४ रन बनाए ।