Khabar Board
Flash logo up side
flash header

यी हुन राष्ट्रिय फुटबल टिमबाट हटाइएका खेलाडी फिर्ता गराउने बारे एन्फाले गरेका ७ निर्णयहरु

Nirbachan m

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आज एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न बैठकले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। प्रशिक्षकलाई निरन्तरता दिने वा नदिने विषयमा एन्फा सचिवालयलाई जिम्मा दिने निर्णय भएको छ।

बैठकले निम्न बमोजिमका निर्णय गरेको छ :-

१. अध्यक्ष पंकजविक्रम नेम्बाङ्गको प्रस्तावमा अखिल नेपाल फुटबल संघको आगामी कार्यकाल (चार वर्ष) को लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अर्न्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्ति गर्ने निर्णय पारित गर्ने निर्णय गरियो।

२. अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको प्रस्तावमा हालै सम्पन्न २१औ साधारण सभा तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने निर्वाचन समिति निर्वाचन अपिल समिति, निवर्तमान कार्यसमिति, जिल्ला फुटबल संघ, क्लबहरु, एन्फा समितिहरु, सुरक्षाकर्मी, एन्फाका कर्मचारी लगायत सम्पुर्णलाई धन्यवाद दिने निर्णय पारित गरियो ।

Center article

३. खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम प्रदेश खेलकुद समन्वयमा असार १५ गतेभित्र प्रादेशिक संरचना निर्माण गरि राष्ट्रिय खेलकुद परिषद्समक्ष पेश गर्ने प्रतिवद्धता अनुसार कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित गरियो।

४. राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो। र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो।

५. अखिल नेपाल फुटबल संघले ३० दिन भित्र श्वेतपत्र जारी गरि संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिने निर्णय पारित गरियो।

६. अखिल नेपाल फुटबल संघका केहि कर्मचारीहरु आवश्यक देखिएकोले पदपुर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित गरियो।

७. यहि जुलाइ २ बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित गरियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.