Khabar Board
Flash logo up side
flash header

विश्वकप छनोटका लागि अमेरिकाको टिममा अष्ट्रेलियन खेलाडी

Nirbachan m

काठमाडौं ।

अमेरिकाले ११ जुलाईदेखि जिम्बाब्वेमा हुने टी–२० विश्वकप छनोटका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । गत महिना एकदिवसीय टोलीमा फर्किएपछि अस्टेलियन पूर्वतीव्र गतिका बलर क्यामरुन स्टिभेन्सनले पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान पाएका छन् । उनले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिसकेका छन् ।

योसँगै डेब्यु खेलमा अर्धशतक बनाएका सुशान्त मोदानीले पनि आफ्नो स्थान कायम राख्न सफल भएका छन् । आयरल्याण्डविरुद्धको अघिल्लो शृङ्खलामा कोविडको विकल्पका रूपमा मोदानीलाई समावेश गरिएको थियो । मोदानीले हालै सम्पन्न घरेलु ओडिआई शृंखलामा आठ खेलमा एक शतक र तीन अर्धशतक बनाएका थिए ।

न्यु जर्सीका लेग स्पिनर यासिर मोहम्मद पनि आफ्नो स्थान बचाउन सफल भए । यासिरलाई आयरल्याण्डविरुद्धको अन्तिम टी–२० अन्तर्राष्ट्रिय सिरिजमा कोविडको विकल्पका रूपमा पनि समावेश गरिएको थियो । बायाँ हाते स्पिन अलराउन्डर करिमा गोरे, तेज बलर जसदीप सिंह र जेभियर मार्शललाई टोलीमा समावेश गरिएको छैन ।

Center article

चोट र कोभिडका कारण आफ्नो फार्ममा संघर्ष गरिरहेका जसकरण मल्होत्राले टोलीमा स्थान पाएका छन् । उनी औंलाको चोटबाट निको भइरहेका छन् । ह्याम्पशायरसँगको सम्झौताका कारण अलराउन्डर इयान हल्यान्डले राष्ट्रिय टोलीबाट खेल्ने छैनन् ।

विश्वकप छनोट खेल्ने अमेरिकी टोली : मोनक पटेल (कप्तान), आरोन जोन्स (उप–कप्तान), अली खान, क्यामरन स्टिभेन्सन, गजानन्द सिंह, जसकरण मल्होत्रा, मार्टी केन, निसर्ग पटेल, रस्टी थेरोन, सौरभ नेत्रावलकर, स्टीवन टेलर, सुशान्त मोदानी, यासिर मोहम्मद र वत्सल वाघेला ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.