Khabar Board
Flash logo up side
flash header

नेपालको वरियतमा गिरावट, यस्तो छ नयाँ स्थान

Nirbachan m

काठमाडौं ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल खस्किएको हो ।

नयाँ वरियतामा ९५०.४५ अंक प्राप्त गरेकाे नेपाल १७६ औं स्थानमा छ । उ अघिल्लोपटक १६८ औं स्थानमा थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरियताको तेस्रो स्थानमा छ ।

Center article

नेपाल भन्दा अघिभारत १०४ औं र माल्दिभ्स १५६ औं स्थानमा छन्। नेपाल भन्दा तल भुटान १८६, बंगलादेश १९२, पाकिस्तान १९६ र श्रीलंका २०७ औं स्थानमा छन् ।

ब्राजिल १८३७.५६ अंकका साथ नयाँ वरियताको शीर्ष स्थानमा छ । बेल्जियम, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, स्पेन , इटाली, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्क क्रमश: दोस्रो देखि दशौं स्थानमा छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.