Khabar Board

महत्वपूर्ण प्रतियोगितामा बाबर हायतले खेले १३९ रनको विस्फोटक पारी, गरे चौका/छक्काको वर्षा

काठमाडौं ।

आइसिसी विश्वकप च्यालेन्ज लिग ग्रुप ‘बी’ मा हङकङले बर्मुडालाई ३ सय १४ रनको विशाल लक्ष्य दिएको छ । युगान्डाको क्याम्बोगो क्रिकेट ग्राउन्ड कम्पलामा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रन बनायो ।

उसका लागि बाबर हायतले शतकीय पारी खेले । १०४ बलको सामना गरेका उनले १० चौका र आठ छक्कासहित १३९ रनको विस्फोटक पारी खेले । बाबरले नेपालको विभिन्न लिग पनि खेलिसकेका छन् । उनी नेपाली क्रिकेट समर्थकमाझ लोकप्रिय मानिन्छन् ।

समाजिक बिकास कार्यालय बैतडी

त्यस्तै, कप्तान निजाकत खानले ३८, जीशान अलीले १९, अजिज खानले ३४ र वसिम मुर्तजाले ३३ रनको योगदान दिए । बर्मुडाका कलागि माउ लिवरोकले सर्वाधिक चार विकेट हात पारे । यही प्रतियोगिताअन्तर्गत अर्को खेलमा केन्याले इटालीलाई ३ सय ४१ रनको विशाल लक्ष्य दिएको छ ।

यो प्रतियोलाई पनि अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको रोडम्यापको रूपमा हेरिएको छ । प्रतियोगितामा युगान्डा, केन्या, हङकङ, जर्सी, ईटाली र बर्मुडा टोली छन् । शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष हुने विश्वकप छनोट प्लेअफ खेल्न पाउनेछ । च्यालेन्ज ‘ए’ बाट पनि एक टोली आउनेछ ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.