काठमाडौं ।
एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मेलेसियाको किन्नरा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भयो । उसका लागि वैश्णवी महेशले १६, इशा ओझाले १५ र छाया मुगलले १४ र खुसी शर्माले १२ रन बनाए ।
नेपालका लागि अश्मिना कर्माचार्यले शानदार बलिङ गरिन् । ३.५ ओभर बलिङ गरेकी उनले १० रन दिएर महत्वपूर्ण ५ विकेट लिइन् । त्यस्तै, इन्दु वर्माले तीन र सीताराना मगरले दुई विकेट लिए ।
नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर छ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।