Khabar Board
Flash logo up side
Nirbachan aayog

पुबुदु के अमेरिकन क्लबको प्रशिक्षक बनेका हुन्? यस्तो भन्छ क्यान

Nirbachan m

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायके अरू टिमसँग आबद्ध नभएको स्पष्ट पारेको छ । पछिल्लो समय उनी अमेरिकाको ह्युस्टन हरिकेन्स टिममा आबद्ध भएको चर्चा चलेको थियो । अमेरिकाको माइनर लिग क्रिकेट २०२२ का लागि प्रमुख प्रशिक्षकको रुपमा पुबुदुलाई आबद्ध गरेको भन्दै हरिकेन्सले सामाजिक सञ्जालमा समेत तस्बिर राखेको छ ।

यद्यपि क्यानले भने पुबुदुले नेपालबाहेक अरू टिममा आबद्ध नभएको स्पष्ट पारेको छ । क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले पुबुदु अन्य टिममा आबद्ध नभएको स्पष्ट पारे । अमेरिकाको यो सिजनको माइनर क्रिकेट लिग शनिबारदेखि सुरू हुँदैछ ।

पुबुदु गत मंसिरमा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । दोस्रोपटक नेपालको प्रशिक्षक बनेका उनी र क्यानबीचको सम्झौता अझै सकिएको छैन । नेपालले यही महिना दुईवटा सिरिज खेल्दैछ । क्यानडासँग एकदिवसीय र टी–२० सिरिज खेल्न नेपाली टिम आगामी साता क्यानडा जाँदैछ ।

Panacea Education

त्यसपछि नेपाल, नामिबिया र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ । यो सिरिज स्कटल्यान्डमा असार अन्तिम साता हुने तालिका छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.