काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलिया विजयी भएको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलिया चार विकेटले विजयी भएको हो । जितका बाबजुद उसले सिरिज भने ३–२ ले गुमायो ।
१६१ रनको लक्ष्य सामान्य लक्ष्य अस्ट्रेलियाले ३९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि एलेक्स केरीले अविजित ४५ रनको योगदान दिए । ६५ बलको सामना गरेका उनले एक चौका प्रहार गरे । क्यारीले कठिन समयमा उत्कृष्ट पारी खेलेका हुन् ।
त्यस्तै, मार्नस लाबुसेनले ३१, क्यामरुन ग्रीनले अविजित २५ र मिचेल मार्शले २४ रनको योगदान दिए । श्रीलंकाका लागि दुनिथ वेललागेले तीन, महेश थिक्शनाले दुई तथा प्रमोद मधुशनले एक विकेट हात पारे ।
त्यसअघि आर प्रेमादासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनायो । उसका लागि चामिका करूणारत्नेले ७५ रनको उत्कृष्ट पारी खेले । ७५ बलको सामना गरेका उनले आठ चौका र दुई छक्का प्रहार गरे ।
कुशल मन्डिसले २६, प्रमोद मधुशनले १५ र चारिथ अस्लंकाले १४ रन जोडे । अस्ट्रेलियाका लागि जोस हेजलउड, प्याट कमिन्स र म्याथ्यू कुहनेमनले दुई/दुई तथा ग्लेन म्याक्सवेल र क्यामरुन ग्रीनले एक/एक विकेट हात पारे । सिरिजको पहिलो अस्ट्रेलिया २ विकेटले विजयी भएको थियो । त्यसपछि भने ऊ श्रीलंकासँग २६, ६ विकेट र चार रनले पराजित भयो ।