काठमाडौं ।
लेस्टरशायरविरुद्धको अभ्यास खेलको दोस्रो दिन भारतीय टोलीले स्टम्पसम्म १ विकेट गुमाएर ८० रन बनाएको छ । भारतीय टोलीसँग अहिले कुल ८२ रनको अग्रता छ । श्रीकर भरत (केएस भरत) ३१ र हनुमा विहारी ९ रन बनाएर क्रिजमा छन् । भारतीय टोलीले ८ विकेट गुमाएर २४६ रन बनाएर पहिलो इनिङ्स घोषणा गरेको थियो ।
भारतीय इनिङ्स घोषित भएपछि दोस्रो दिन लेस्टरशायरको टोली ब्याटिङको लागि आएको थियो । उनका ओपनर ब्याटर स्यामुएल इभान्स मात्र १ रन बनाएर आउट भए । यस टोलीबाट खेल्दै आएका भारतीय खेलाडी चेतेश्वर पुजारा काउन्टीको फर्म कायम गर्न नसकेर खाता खोल्न नसकेर शमीको शिकार बने ।
यसपछि अरू केही विकेट पनि झरे । यसैबीच, ऋषभ पन्तले आफ्नो क्लास देखाउँदै केही आकर्षक शटहरू प्रहार गरे । उनले भारतीय टिमका बलरको सामना गर्दै तीव्र ब्याटिङ गर्दै ८७ बलमा ७६ रन बनाए । यस क्रममा पन्तको ब्याटबाट १४ चौका र १ छक्का प्रहार भयो । पन्तको इनिङ्स लेस्टरशायरलाई २०० भन्दा माथि पुर्याउन सहयोगी साबित भयो । यसरी टोली २४४ रन बनाएर आउट भयो । भारतका लागि शामी र रवीन्द्र जडेजाले ३–३ विकेट लिए । उनका अलावा शार्दुक ठाकुर र मोहम्मद सिराजले पनि २–२ विकेट लिए ।
जवाफमा दोस्रो इनिङ्स खेल्दै भारतीय टोलीका लागि शुभमन गिल र श्रीकर भरत ओपनिङ गर्न आएका थिए । दुवैले राम्रो ब्याटिङ गरे । भारतीय टोलीको पहिलो विकेट ६२ रनको कुल स्कोरमा खसेको थियो । उनी ३८ रन बनाएर आउट भए । पहिलो इनिङ्समा अविजित ७० रन बनाएका भरतले यस पटक पनि बलियो ब्याटिङ गरे र स्टम्पसम्म ३१ रन बनाएर अविजित रहे। उनको साथमा हनुमा विहारीले ९ रन बनाए । भारतीय टोलीको स्कोर १ विकेटमा ८० रन रहेको छ ।