पाँच वर्षपछि टेष्ट क्रिकेटमा फर्किए म्याक्सवेल, लिए यी खेलाडीको स्थान

Image

काठमाडौं ।

अलराउण्डर ग्लेन म्याक्सवेललाई अस्ट्रेलियन टेस्ट टोलीमा बोलाइएको छ । क्रिकेट अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टका लागि म्याक्सवेललाई टोलीमा समेटेको हो । टर्भिस हेड चोटका कारण खेल्न नसक्ने भएपछि म्याक्सवेललाई टोलीमा मैका दिइएको हो ।

टर्भिस श्रीलंकाविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा घाइते भएका थिए । म्याक्सवेल २०१७ पछि पहिलो पटक टेस्ट टोलीमा समावेश भएका हुन् ।

श्रीलंका भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीसँग दुई खेलको टेस्ट सिरिज खेल्दैछ । पहिलो टेस्ट आगामी बुधबारदेखि सुरु हुनेछ ।