Khabar Board
Flash logo up side
Nirbachan aayog

मलेसियालाई हराउँदै युएई च्याम्पियन

Nirbachan m

काठमाडौं ।

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो ।

उपाधिसँगै युएई एसिया कप क्रिकेटका लागि छनोट भएको छ । उपविजेता मलेसिया समेत एसिया कपमा छनोट भएको हो ।

मलेसियाले दिएको १ सय १ रनको लक्ष्य युएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । युएईका लागि थिर्था सतिसले ५५ रनको अर्धशतकीय इनिङ खेलिन् । खुसी शर्मा १३ रनमा अविजित रहिन् ।

मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले १/१ विकेट हात पारिन् । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १०० रन बनाएको थियो ।

मलेसियाका लागि एन्ना हसिमले अविजित २८ रन जोड्दा नुर अरिनाले अविजित २५ रन बनाईन् । वान जुलियाले २० रन बनाईन् । युएईका इन्धुजा नन्दकुमारले २ विकेट हात पारिन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.