Khabar Board
Flash logo up side
Nirbachan aayog

दुई सिरिजका लागि नेपालको टोली घोषणा, यी खेलाडीले पाए मौका

Nirbachan m

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा भ्रमण र आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजका लागि टोली घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले यसपालि पनि मौका पाएका छैनन् । त्यस्तै, सुवास खकुरेल, सुनिल धमला, सागर ढकाल, सुशन भारीलगायत टोलीबाट बाहिरिएका छन् । टोलीमा पवन सर्राफले कमब्याक गरेका छन् । त्यस्तै, बसिर अहमद र किशोर महतोले पनि टिममा स्थान बनाएका छन् ।

क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले क्यानडामा एक अभ्यास तथा दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने छ । नेपालले ओन्टारियो क्रिकेट एकेडेमी क्लबसँग एक अभ्यास तथा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपालले अभ्यास खेल १ जुलाई तथा एकदिवसीय सिरिज ४ र ५ जुलाईमा खेल्नेछ ।

Panacea Education

तीनै खेल क्यानडाको ओन्टारियोस्थित किंग्स सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । नेपाली टोली मंगलबार क्यानडा प्रस्थान गर्ने क्यानले जनाएको छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबिया पनि सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप क्यानडामा खेल्न लागेको हो । सिरिज स्कटल्याण्डमा जुलाई १० देखि १७ सम्म हुनेछ ।

नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.