Khabar Board
Flash logo up side
flash header

हूडाको आक्रामक ब्याटिङमा आयरल्याण्डमाथि भारतको फराकिलो जित

Nirbachan m

काठमाडौं ।

आयरल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली भारत सात विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा जित हात पारेसँगै दुई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

डब्लिनस्थित द भिलेज मलाहाइड मैदानमा आयरल्याण्डले दिएको १०९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर भेट्टायो । उसका लागि दीपक हूडाले २९ बलमा ६ चौका र दुई छक्कासहित अविजित ४७ रन बनाए ।

त्यस्तै, इशान किशनले २६ र कप्तान हार्दिक पाण्ड्याले २४ रनको योगदान दिए । सूर्यकुमार यादव शून्यमा आउट हुँदा दिनेश कार्तिक पाँच रनमा अविजित रहे । आयरल्याण्डका लागि क्रेग योङले दुई र जोस लिटलले एक विकेट लिए ।

Center article

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले वर्षाका कारण १२ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाएर १०८ रन बनायो । उसका लागि ह्यारी टेक्टरले ३३ बलमा ६ चौका र तीन छक्कासहित अविजित ६४ रनको पारी खेले । लोर्कन टकरले १८ रन जोड्दा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

भारतका लागि भुवनेश्वर कुमार, युजवेन्द्र चहल, आवेश खान र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए । भारत र आयरल्याण्डबीचको दोस्रो टी–२० मंगलबार हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.