Khabar Board
Flash logo up side
flash header

आज नेपाल र क्यानडा भिड्दै, यस्तो छ सम्भावित प्लेइङ-११

Nirbachan m

काठमाडौं ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो ।

किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।

क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

Center article

नेपालको सम्भावित प्लेइङ–११ :

कुशल भर्तेल, आसिफ शेख, देव खनाल, रोहितकुमार पौडेल,  दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने (कप्तान)।

क्यानडाको सम्भावित प्लेइङ–११ :

रयान खान पठान, भूपिन्द्र सिंह, आरोन जोन्सन, हरिस ठाकेर, जिकोलस क्रेसियन, सादबिन जाफर (कप्तान), अरमान कपूर (विकेटकिपर), दिलोन हेल्जिएर, अमर खलिद, रोमेल शहजाद र सलमान नजिर।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.