इंग्ल्यान्डमाथि भारतको सहज जित, हार्दिकले गरे करियरकै उत्कृष्ट प्रदर्शन

Image

काठमाडौं ।

घरेलु टोली इंग्ल्यान्डविरुद्धको पहिलो टी-ट्वान्टीमा भारत विजयी भएको छ । साउथह्याम्पटनमा बिहीबार राति भारतले इंग्ल्यान्डलाई ५० रनले हराएको हो । यस जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।

दोस्रो खेल शनिबार हुनेछ । भारतले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा १ सय ४८ रन जोड्दा अलआउट भयो। इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३६ रन जोड्दा ह्यारी ब्रोकले २८ रन बनाए ।

क्रिस जोर्डन २६ रनमा अविजित रहदा डाविड मालन २१ रनमा आउट भए । कप्तान जोस बल्टर सुन्य रनमा पेभेलियन फर्किए । भारतका हार्दिक पाण्डयले ४ विकेट लिए । अर्शदिप सिंह र युजभेन्द्र चाहलले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन जोडेको थियो ।

भारतका लागि हार्दिक पाण्डयले ५१ रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले ३९ रन जोड्दा दीपक होडाले ३३ रन बनाए ।कप्तान रोहित शर्मा २४ रनमा आउट भए । इंग्ल्यान्डक क्रिस जोर्डन र मोइन अलीले २/२ विकेट लिए ।