Khabar Board
Flash logo up side
flash header

इङ्ल्याण्डविरूद्ध एक खेल अगावै भारतलाई श्रृङ्खला

Nirbachan m

काठमाडौं ।

भारतले दोस्रो टी २० अन्तर्राष्ट्रियमा घरेलु टोली इंग्ल्यान्डलाई ४९ रनले हराउँदै ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। जितको लागि १ सय ७१ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १ सय २१ रनमा अल आउट भयो। उसका लागि मोईन अलीले सर्वाधिक ३५ रन बनाए।

यस्तै डेविड विली ३३ रनमा अविजित रहँदा डेभिड मालन १९, लियाम लिभिङस्टोनले १५ रन जोडे। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। भारतका भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चिए। जस्प्रित बुमराह र युजभेन्द्र चहलले समान २-२ विकेट लिए। हर्षल पटेल र हार्दिक पान्ड्याले एक-एक विकेट हात पारे।

Center article

त्यसअघि बर्मिंघममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो। भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ४६ रन बनाए। कप्तान रोहित शर्माले ३१ रन बनाउँदा विकेटकिपर ऋषभ पन्तले २६ रन जोडे।

विराट कोहली १ रनमा आउट हुँदा सूर्यकुमार यादवले १५ रन जोडे। हार्दिक पान्ड्या र दिनेश कार्तिकले समान १२-१२ रन जोड्दा हर्सल पटेलले १३ रन बनाए। इंग्ल्यान्डका क्रिस जोर्डनले ४ तथा रिचर्ड ग्लीसनले ३ विकेट लिए। यसअघि पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो। अब तेस्रो खेल आइतबार हुनेछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.