नेपालले स्कटल्याण्डलाई हराए लगत्तै शरदले दिए यस्तो प्रतिक्रिया

Image

काठमाडौं ।

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले पहिलो जित निकालेको हो। यससँगै नेपालले इतिहास रचेको छ।

नेपालले पहिलो पटक स्कटल्याण्डलाई हराउँदै इतिहास रचेको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। जारी सिरिजमा स्कटल्याण्ड यो पहिलो हार हो। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो।

स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले। उनले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल ४, दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए । रोहित पौडेल ३४ रनमा अविजित रहदा आदील आलम सुन्य रनमा अविजित रहे ।

स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १/१ विकेट लिए । त्यसअघि टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा सफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामी र आदील आलमले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । यस जितसँगै नेपालले १८ खेलमा १७ अंक जोडेको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सिरिजअन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।

नेपालले स्कटल्याण्डलाई हराएपछि शरद भेषवाकरले प्रतिक्रिया दिएका छन्। हाल टिम बाहिर रहेको भरपर्दा ब्याटर भेषवाकरले नेपालले जितेलगत्तै सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘स्कटल्याण्डलाई घरेलु माटोमा हराउनु धेरै राम्रो जित हो। राम्रो काम जारी राख्नुहोस् टीम नेपाल।’ शरद पछिल्लो केही समय यतादेखि राष्ट्रिय टिम बाहिर रहँदै आएका छन्।