भारतलाई इंग्ल्यान्डको मध्यम लक्ष्य, चहलको उत्कृष्ट बलिङ

Image

काठमाडौं ।

एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली इंग्ल्याण्डले भारतलाई २ सय ४७ रनको लक्ष्य दिएको छ। लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा २ सय ४६ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका मोईन अलीले ४७, डेभिड विलीले ४१, जोनी बेयरिस्टोले ३८, लियाम लिभिङस्टोनले ३३, जेसन रोयले २३, बेन स्टोक्सले २१, जो रुटले ११ र क्रेग ओभरटनले नटआउट १० रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

भारतका लागि युजवेन्द्र चहलले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ४७ रन दिँदै महत्वपूर्ण ४ विकेट लिए। यस्तै, हार्दिक पाण्ड्या र जसप्रीत बुमराहले २–२ तथा मोहम्मद शामी रप्रसिद कृष्णाले १–१ विकेट लिए।

भारत आजको खेलमा विजयी हुँदै एक म्याच अघि नै एकदिवसीय सिरिज पनि जित्न चाहन्छ। इंग्ल्याण्डलाई भने सिरिजमा कामयै रहन यो खेल जित्नैपर्ने दबाब छ। तीन ओडिआई खेलको सिरिजमा भारत १-० ले अघि छ । पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो ।

रत र इंग्ल्याण्ड टेष्ट र टी–२० सिरिजपछि एकदिवसीय श्रृंखला खेलिरहेका हुन्। टेष्ट सिरिज बराबरीमा सकिएको थियो भने टी–२० सिरिज २–१ ले भारतले जितेको थियो।

भारतको प्लेइङ–११ : शिखर धवन, रोहित शर्मा (कप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, मोहम्मद शामी, जसप्रित बुमराह, युजवेन्द्र चहल र प्रसिद्ध कृष्णा।

इंग्ल्याण्डको प्लेइङ–११ : जेसन रोय, जोनी बेयरिस्टो, जो रूट, बेन स्टोक्स, जोस बटलर (कप्तान/विकेटकिपर), लियाम लिभिङस्टोन, मोइन अली, क्रेग ओभरटन, डेविड विली, ब्राइडन कार्स र रीस टोप्ली।

यो पनि : के विराट कोहलीको टी-२० क्रिकेट करिअर खतरामा परेको हो?