Khabar Board
Flash logo up side
flash header

बंगलादेशका तीब्र गतिका बलर शोहिदुललाई १० महिना प्रतिबन्ध, यस्तो छ कारण

Nirbachan m

काठमाडौं ।

बंगलादेशका तीब्र गतिका बलर शोहिदुल इस्लामलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) एन्टी डोपिङ कोडको धारा २.१ उल्लङ्घन गरेको अभियोगमा १० महिनाको प्रतिबन्ध लगाइएको छ।

बंगलादेशबाट एक टी–२० अन्तर्राष्ट्रिय खेलेका २७ वर्षीय बलरलेअभियोग स्वीकार गरेपछि १० महिनाका लागि सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको हो।

१० महिनाको निलम्बन मे २८ बाट सुरु हुनेछ, जुन दिन उनले अभियोग स्वीकार गरेका थिए। अब उनी २८ मार्च २०२३ मा खेल्न योग्य हुनेछन्। बंगलादेशका लागि एकमात्र टी-२० खेलेका शोहिदुलले पाकिस्तानले ३-० ले जितेको शृङ्खलाको तेस्रो र अन्तिम खेल खेलेको थिए। सो खेलमा उनले मोहम्मद रिजवानको विकेट लिएका थिए।

Center article

उनी न्यूजिल्याण्ड र दक्षिण अफ्रिका विरुद्धको शृंखलाका लागि बंगलादेशको टोलीमा थिए। तर कुनै खेलमा मौका पाएनन्। उनी वेस्ट इन्डिजको जारी भ्रमणका लागि बंगलादेशको टेस्ट र टी-२० टोलीमा पनि थिए। तर चोटका कारण उनी बाहिरिएका थिए।

शोहिदुलको पिसाबको नमूना क्लोमिफेन पोजेटिभ देखिएको थियो, जुन विश्व एन्डी डोपिङ एजेन्सीको निषेधित सूची अन्तर्गत औषधीको रूपमा वर्गीकृत गरिएको छ। शोहिदुलले आइसिसीको प्रतियोगिता बाहिरको परीक्षण कार्यक्रमअन्तर्गत पिसाबको नमूना उपलब्ध गराएका थिए।

शोहिदुलले औषधिको रूपमा अनजानमा प्रतिबन्धित पदार्थ खाएको थिए, जुन उसलाई वैध रूपमा सिफारिस गरिएको थियो। शोहिदुलले प्रदर्शन सुधारका लागि प्रतिबन्धित औषधि प्रयोग गर्ने आफ्नो मनसाय नभएको पनि बताएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.