काठमाडौं ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुबन्ध नगर्ने भएको छ । चेल्सीले रोनाल्डो अनुबन्धको इच्छा अन्त्य गरेको बीबीसीले जनाएको छ । रहिम स्ट्रर्लिङलाई म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेपछि चेल्सी रोनाल्डो अनुबन्धको प्रयासबाट पछि हटेको हो । यस अघि चेल्सीले म्यानचेस्टर युनाईटेडका फरवार्ड अनुबन्धका लागि १४ मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको थियो ।
रोनाल्डो पनि पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेका छन् । रोनाल्डोले युनाईटेडसँग क्लब छाड्ने अनुमति मागिसकेका छन् । ३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए । रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता थिए ।
तर, युनाईटेड लिगको छैटौं स्थानमा रह्यो । जसको कारण युनाईटेडले च्याम्पियन्स लिगको छनोट खेल्ने अवसर गुमाएको थियो । पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डोको युनाईटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ । रोनाल्डोले सम्झौता नसकिदै क्लबबाट बाहिरिने योजना बनाएको हो । यता युनाईटेड भने रोनाल्डोलाई क्लबमै राख्न चाहन्छ । यस्तै विन्डो चार वटा क्लबले उनलाई साइन गर्ने अवसर अस्वीकार गरेको छ।
https://twitter.com/FabrizioRomano/status/1547537984806871040?s=20&t=ZjLroq8Xv1UXSovB6p2Syw
रोनाल्डोले क्लब छोड्ने आफ्नो इच्छा व्यक्त गरे पछि उनको एजेन्ट जर्ज मेंडेजले चेल्सीका नयाँ मालिक टोड बोहली सँग वार्तामा रहेको चर्चा थियो र उनलाई चेल्सीले साइन गर्न सक्ने रिपोर्ट रहेको थियो तर हाल इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार चेल्सीले उनलाई साइन नगर्ने निर्णय लिएको छ।
https://twitter.com/sportbible/status/1546958887156387841?s=20&t=hLgrbKfLbt9iEfSBGUcNbg
चेल्सीका कोच थोमस टुचेल उनलाई भित्राउने योजनाको विरुद्धमा रहेको जानकारी छ जसको कारण चेल्सीले उनलाई साइन नगर्ने भएको छ भने हाल सम्म उनलाई ४वटा क्लबले अस्वीकार गरेको खबर छ। उनको एजेन्ट जर्ज मेंडेजले हाल सम्म चेल्सी सहित बार्सिलोना, बायर्न म्युनिख र पिएसजी सँग वार्ता गरेको छ भने उक्त ४वटा क्लबले नै रोनाल्डोलाई साइन गर्ने अवसर अस्वीकार गरेको छ।
https://twitter.com/UnitedStandMUFC/status/1547543342308794368?s=20&t=Lt7CrKBlSPuyvPrHqP8cdQ
अर्को सिजन पनि च्याम्पियन्स लिग खेल्ने उनको इच्छा रहेको कारण उनी क्लब छोड्न इच्छुक रहे पनि युरोपको ठुलो क्लबहरूले उनलाई साइन गर्ने इच्छा भने व्यक्त गरेको छैन यद्यपि उनको लागि साउदी अरेबियाबाट निकै ठुलो तलब सहितको प्रस्ताव आएको खबर छ।
https://twitter.com/ESPNFC/status/1547632346316173313?s=20&t=_1h9dSTpmRch4_QroatJcQ
३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए । रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता थिए । रोनाल्डोले गत सिजन युनाइटेडका लागि २४ गोल गरेका छन्, जसमा १८ गोल प्रिमियर लिगमा रहेको थियो।