Khabar Board
Flash logo up side
flash header

स्टर्लिङ र टेक्टरको शतकका बाबजुद न्यूजिल्याण्डसँग आयरल्याण्ड १ रनले पराजित

Nirbachan m

काठमाडौं ।

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज न्युजिल्याण्डले ‘क्लिन स्विप’ गरेको छ। डुबलिनमा शुक्रबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा आयरल्याण्डलाई एक रनले हराउँदै तीन खेलको सिरिज पाहुना टोली न्यूजिल्याण्डले ३–० ले ‘क्लिन स्विप’ गरेको हो ।

न्युजिल्याण्डले दिएको ३ सय ६१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५९ रन मात्र बनाउन सक्यो ।घरेलु टोलीका पाउल स्ट्रर्लिङ र ह्यारी टेक्टरले शतकीय इनिङ खेले । स्ट्रर्लिङले १ सय २० तथा टेक्टरले १ सय ८ रन बनाए ।

Center article

एन्डी म्याकबेर्नीले २६ तथा गारिथ डिले र जर्जी डकरिलले समान २२/२२ रन बनाए । न्युजिल्याण्डका म्याट हेनरीले ४ तथा मिचेल स्यान्टेनरले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६० रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले १ सय १५ रनको शतकीय इनिङ खेले । हेनरी निकोलसले ७९, ग्लेन फिलिप्सले ४७ तथा फिना एलेनले ३३ रन बनाए । घरेलु टोलीका जोस लिटिलले २ विकेट लिए । अब दुई टोलीबीच तीन खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.