Khabar Board
Flash logo up side
flash header

नेपालले नामिबियाविरूद्ध टस हारेर फिल्डिङ गर्ने, आज टिममा एक खेलाडी परिवर्तन

Nirbachan m

काठमाडौं ।

आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । र, नेपाललाई फिल्डिङमा पठाएको छ ।

नामिबियाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । करण केसी टिम बाहिर रहदा पवन सर्राफ सुरुआती-११ मा अटाएका छन् ।नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

Center article

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

नेपालको प्लेईङ-११ : आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,देव खनाल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,पवन,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.