Khabar Board
Flash logo up side
flash header

नामिबियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, सोमपालले पहिलो बलमै लिए महत्त्वपूर्ण विकेट

Nirbachan m

काठमाडौं ।

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज शनिबार तेस्रो खेल खेल्दैछ ।नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्नेछ ।

नेपाल र नामिबियाविरूद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले आज बलिङमा राम्रो सुरुवात गरेको छ। नेपालका लागि सोमपाल कामीले आफ्नो पहिलो ओभरको पहिलो बलमा नै विकेट लिए। सोमपालले नामिबियाका ओपनर लोहान्ड्रे लरेन्सलाई २ रनमा बोल्ड गरे । योसँगै उनले एकदिवसीयमा ३५ विकेट पूरा गरेका छन् । सोमपाल नेपालका लागि एकदिवसीयमा ३५ विकेट पूरा गर्ने तेस्रो बलर हुन् ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

Center article

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ ।नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

नेपालको प्लेईङ-११ : आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,देव खनाल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,पवन,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.