काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक वानडे सिरिजअन्तर्गत नामिबियाविरुद्ध पनि नेपालले उत्कृष्ट सुरुवात गरेको छ । स्कटल्याण्डको अयरस्थित कम्बसदुन न्यू ग्राउन्डमा जारी खेलमा टस हारेर फिल्डिङको मौका पाएको नेपालले १० ओभरको खेल सकिँदा स्कटल्याण्डको महत्वपूर्ण तीन विकेट लिएर ३९ रन दिएको छ । नेपाललाई अर्को सफलता सोमपाल कामीले दिलाए ।
उनले आक्रामक ब्याटिङ गरिरहेका ओपनर दिवान ला ककलाई २७ रनमा बोल्ड गर्दै टिमलाई तेस्रो सफलता दिलाएका हुन् । ३० बलको सामना गरेका ककले पाँच चौका हिर्काइसकेका थिए । उनलाई सोमपालले ९.१ ओभरमा आउट गर्न सफल भए । नेपाललाई दोस्रो सफलता कप्तान सन्दीप लामिछानेले दिलाए ।
नेपाललाई पहिलो सफलता दिलाउने क्रममा सोमपाल कामीले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए । सोमपालले नामिबियाका ओपनर लोहान्ड्रे लरेन्सलाई २ रनमा बोल्ड गरे । यस्तै नेपालका कप्तान सन्दीप लामिछानेले पनि आफ्नो पहिलो ओभरको पहिलो बलमा नै महत्वपूर्ण विकेट लिएका छन्। यो सँगै नेपाललाई दोस्रो सफलता कप्तान सन्दीप लामिछानेले दिलाए । यो सँगै सन्दीपले एकदिवसीय क्रिकेटमा इतिहास रचेका छन् । उनले यो प्रारूपमा ६५ विकेट लिने पहिलो बलर बनेका हुन् । सन्दीपले यो उपलब्धि २९ म्याचमा हासिल गरे।
नामिबियाविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले करण केसीलाई विश्राम दिएर पवन सर्राफलाई मौका दिएको हो । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।
नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।
नेपालको प्लेईङ-११ : आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,देव खनाल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,पवन,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान)