काठमाडौं।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ ।सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्दै छ । घरेलु टोली स्कटल्याण्ड बिरुद्द नेपालले टस हारेर ब्याटिंग गर्ने गर्दै छ ।
नेपालले ब्याटिंगमा खराब सुरुवात गरेको छ । १२.३ ओभरमा ३९ रन बनाउदा २ विकेट गुमाईसकेको छ । कुशल भुर्तेल १६ बलमा ३ रन बनाएर र देव खनाल २५ बलमा १० रन बनाएर आउट भएका छन ।
घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ । सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो।
नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ ।नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ ।स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।
स्कटल्याण्डविरुद्ध नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी,सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, करण केसी,देव खनाल, सन्दीप लामिछाने (कप्तान) र किशोर महतो ।