Khabar Board
Flash logo up side
flash header

साफ यू–२० लागि नेपालको अन्तिम टोली घोषणा, यी खेलाडीले पाए मौका

Nirbachan m

काठमाडौं ।

भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू–२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ ।

नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।

Center article

त्यसपछि नेपालले एएफसी यू–२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

अन्तिम टोली : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख (गोलकिपर), अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा (डिफेन्डर ),  दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान (मिडफिल्डर), दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी (फरवार्ड) ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.