Khabar Board

भारतले जित्यो इंग्ल्याण्डसँगको सिरिज, यी खेलाडी बने जितका ‘नायक’

काठमाडौं।

भारतले इंग्ल्यान्डविरूद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ। भारतले तेस्रो तथा निर्णायक खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो।

जितको लागि २ सय ६० रनको लक्ष्य पछ्याएको भारतले ४२.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। उसका लागि विकेटकिपर ऋषभ पन्त र अलराउन्डर हार्दिक पान्ड्याले उत्कृष्ट प्रदर्शन गरे।

विकेटकिपर पन्तले पहिलो एक दिवसीय सतक प्रहार गर्ने क्रममा १ सय १३ बल खेल्दै १६ चौका र २ छक्कासहित १ सय २५ रनमा अविजित रहे। यस्तै हार्दिक पान्ड्या ५५ बलमा १० चौकासहित ७१ रनमा आउट भए।

पाँचौं विकेटका लागि पन्त र हार्दिकले १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए। यसअघि ओपनर रोहित शर्मा १७, शिखर धवन १, विराट कोहली १७ र सूर्यकुमार यादव १६ रनमा आउट भए। रविन्द्र जडेजा ७ रनमा अभिजित रहे।

इंग्ल्यान्डका रिस टोप्लीले सर्वाधिक तीन विकेट लिए। ब्राइडन क्रेस र क्रेग ओभर्टनले १-१ विकेट हात पारे। त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली इङ्ल्याण्डले ४५.५ ओभरमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो।

इंग्ल्यान्डका कप्तान जस बटलरले सर्वाधिक ६० रन बनाए। उनले ८० बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर जेसन रोयले ४१ रन बनाउँदा मोईन अलीले ३४ रन जोडे। क्रेग ओभरटनले ३२ रन बनाए भने ब्रेन स्टोक्स र लियाम लिभिङस्टोनले समान २७-२७ रन बनाएर आउट भए।

डेविड विल्लीले १८ रन बनाउँदा जोनी बैरष्टो, जो रूट र ऋषि टोप्ले शून्यमा आउट भए। भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए। ७ ओभरमा ३ मेडनसहित उनले २४ रन खर्चिए।

यस्तै युजभेन्द्र चहलले तीन र मोहम्मद शिराजले दुई तथा रविन्द्र जडेजाले १ विकेट लिए। यसअघि पहिलो खेलमा भारत १० विकेटले विजयी हुँदा दोस्रो खेलमा १ सय रनले पराजित भएको थियो।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.