Khabar Board

बार्सिलोनासँग लेवान्डोस्कीको ४ वर्षका लागि करार, करोडाै रुपैयाँमा भए अनुबन्ध

काठमाडौं ।

बार्सिलोनाले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बायर्न म्युनिखबाट ४ वर्षका लागि अनुबन्ध गरेको छ । सो करारको मूल्य ५ करोड युरो रहेको बताइएको छ । ३३ वर्षीय खेलाडीको जर्मन च्याम्पियनसँग अझै १ वर्षको करार बाँकी रहेको थियो । तर, गत मे मा नै उनले आफ्नो बायर्नसँगको यात्रा सकिएको उद्घोष गरेका थिए ।

अनुबन्धको प्रक्रिया पुरा भएसँगै उनी अमेरिकाको भ्रमणमा रहेको बार्सिलोना टोलीसँग सहभागी हुन पुगेका छन् । अन्ततः म यहाँ छु, बार्सिलोना आउन पाउँदा खुसी छु, उनले भनेका छन् । उनले आफूलाई सधैँ ला लिगामा खेल्न मन लागेको सुनाए ।

गत सिजन बायर्नलाई लगातार १० औँ लिग उपाधि जिताउने क्रममा उनले ४६ खेलमा ५० गोल गरेका थिए । उनले क्लबका लागि ३७४ खेलमा ३४४ गोल गरेका छन् । क्लबको सर्वाधिक गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन् ।

बार्सिलोनाको फराकिलो जित :

प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले बुधबार बिहान एमएलएस क्लब इन्टर मियामीलाई ६-० गोल अन्तरले हराएको हो ।

फ्लोरिडामा बुधबार बिहान भएको खेलमा बार्सिलोनाको जितमा पिएरे एमकिर अबमेयाङ, राफिन्हा, अन्सु फाती, गाभी,मेम्फिस डिपे र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोना दोस्रो हाफमा समेत तीन गोल गरेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.