Khabar Board
Flash logo up side
flash header

साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य ; मुख्य प्रशिक्षक केसी

Nirbachan m

काठमाडौं ।

साफ यू–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रबार भारत जाने भएको छ। नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गरे। देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० टोली बनाएको हो।

कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले टोलीका लागि २३ खेलाडीको टुंगो लगाइसकेका छन्।

ललितपुरस्थित एन्फा कम्पलेक्समा टोलीले दुई महिनादेखि अभ्यास गरेको थियो। खेलाडी छनोटदेखि प्रारम्भिक टोली निमार्णका लागि मिहिनेत गरेका मुख्य प्रशिक्षक केसीले खेलाडीको अभ्यसाबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताए।

प्रशिक्षक केसीले खुला प्रतिस्पर्धामा ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए। सहिद स्मारक ए डिभिजन लिग खेलेका केही अनुभवी खेलाडीसहित बी र सी डिभिजन खेलेको खेलाडीको संयोजनमा टोली बनेको ‍‍ ‍छ। ‍टोलीका सदस्य तथा सिनियर राष्ट्रिय टोलीका सदस्य आयुष घलानले टोलीको लक्ष्य साफ जितेर एएफसी छनोट खेल्ने भएको बताए।

Center article

यस्तै सुनसरीबाट यू–२० टोलीमा अटाएका अमर श्रेष्ठले अभ्यास राम्रो भएको बताउँदै प्रतियोगिताको सहभागिता राम्रो हुने बताए। जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदैछन्।

नेपालले च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ।

नेपाली टिम : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख (गोलकिपर), अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा (डिफेन्डर), दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान (मिडफिल्डर), दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी (फरवार्ड)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.