काठमाडौं ।
न्युजिल्याण्डले घरेलु टोली आयरल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज एक खेल अगाबै जितेको छ। बेलफास्टमा बुधबार राति आयरल्याण्डलाई ८८ रनले पराजित गर्दै न्युजिल्याण्डले तीन खेलको सिरिज २-० ले जितेको हो ।
सिभिल सर्विस क्रिकेट क्लब, बेलफास्टमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । न्युजिल्यान्डका विकेटकिपर क्लेभर डेनले ५५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रन बनाए । युवा ओपनर फिन एलेन २० बलमा ४ चौका र २ छक्कासहित ३५, मार्टिन गुप्टिल ११, ग्लेन फिलिप्स २३ र मिचेल डर्याल १४ रनमा आउट भए ।
आयरल्यान्डका क्रेग योंग र लिटिल जोशुआले दुई दुई विकेट लिए । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अल आउट भयो । आयरल्यान्डका मार्क आदिरले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । यस्तै पउल स्टर्लिङ २१, कर्टिस क्याम्फर १४ र ह्यारी टेक्टर २ रनमा आउट भए ।
न्युजिल्यान्डका माइकल ब्रेसवेलले पाँच बल गर्दै ह्याट्रिक लिए । उनी न्युजिल्यान्डबाट ह्याट्रिक लिने टि२० आईमा तेस्रो बलर हुन् । उनले १४ औं ओभरको तेस्रो बलमा मार्क आदिर, चौथो बलमा ब्यारी म्याकार्थी र पाँचौं बलमा क्रेग योंगलाई क्याच आउट गर्दै करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका थिए ।
न्युजिल्याण्डका ईस सोधी र मिचेल व्राकवेलले समान ३/३ विकेट लिए । जाकोवी डुफाईले २ तथा लक्कि फर्गुसनले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो ।
अर्का स्पिनर ईश सोधीले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर याकुव डफीले दुई विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो । दुई टोलीको तेस्रो तथा अन्तिम टी-ट्वान्टी शुक्रबार हुनेछ ।