Khabar Board
Flash logo up side
flash header

भारत र वेष्ट इण्डिजबीचको एक दिवसीय सिरिजको पहिलो खेल आज, यस्तो छ दुवैको सम्भावित प्लेइङ-११

Nirbachan m

काठमाण्डाै ।

भारत र वेष्ट इण्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । खेल बेलुका सवा ७ बजे वेष्ट इण्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । भारतको कप्तानी शिखर धवनले गर्दैछन् भने वेष्ट इण्डिजको कप्तानी निकोलस पुरनले सम्हाल्नेछन् ।

भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई यो श्रृङ्खलामा आराम दिइएको छ ।वेष्ट इण्डिजले पछिल्ला ५ वटा एक दिवसीय खेल हारेको छ भने भारतले पछिल्ला ५ मध्ये ४ वटा खेल जितेको छ । वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी–२० र एक दिवसीय श्रृङ्खला जितेको थियो ।

यता वेष्ट इण्डिजको कप्तीन भने नियमित कप्तान निकोलस पूरन नै गर्नेछन् । आजको पहिलो खेल जितेर घरेलु टोली वेष्ट इण्डिज र भारत तीन खेलको सिरिजमा १-० को अग्रता बनाउन चाहन्छन् । पछिल्लो पाँच खेलको नतिजो हेर्यौँ भने भारतको पक्षमा नै गएको देखिन्छ ।

Center article

केही दिनअघि मात्र भारतले इंग्ल्याण्डमै गएर उसलाई तीन खेलको अन्तर्राष्ट्रिय वानडे सिजिमा २-१ ले हराउँदै सिरिज आफ्नो नाममा गरेको थियो । त्यस्तै, वेष्ट इण्डिजले भने बंगलादेशसँग घरमै वानडे सिरिज ३-० ले गुमाएको थियो ।

भारतको सम्भावित प्लइेङ-११ : शिखर धवन (कप्तान), रुतुराज गायकवाड, श्रेयस अय्यर, दीपक हुडा, सञ्जु सामसन (विकेटकीपर), सूर्यकुमार यादव, अक्षर पटेल, शार्दुल ठाकुर, आवेश खानरप्रसिद्ध कृष्ण, युजवेन्द्र चहल, मोहम्मद सिराज ।

वेष्ट इण्डिजको सम्भावित प्लइेङ-११ : शाई होप (विकेटकीपर), ब्रान्डन किङ, शमारह ब्रुक्स, काइल मेयर्स, निकोलस पूरन (कप्तान), रोभम्यान पावेल, जेसन होल्डर, अकेल होसेन, अल्जारी जोसेफ, गुडाकेश मोटी, जेडेन सील्स ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.