माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित पछि यस्तो भन्छन प्रशिक्षक केसी

Image

काठमाडौं ।

नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपाली यू-२०टिमका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले आज उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। खेलपछिको सम्मेलनमा बोल्दै प्रशिक्षक केसीले भने “केटाहरूले राम्रो खेले। माल्दिभ्सले पनि राम्रो खेल्यो तर हामीले यो खेल जित्न कडा मेहनत गरेका थियौं। आशा गरौं, आगामी खेलहरूमा अझ राम्रो खेल्नेछौं।”

नेपाल फाइनलमा जान्छ कि जाँदैन भनेर प्रश्न सोध्दा प्रशिक्षक केसीले जवाफ दिए, “हामीसँग अझै धेरै खेलहरू खेल्न बाँकी छ। हामी अहिले फाइनलको बारेमा सोच्न सक्दैनौं । यो धेरै टाढा छ। हामी अब हाम्रो अर्को खेल (श्रीलंका विरुद्ध) मा ध्यान केन्द्रित गरिरहेका छौं”

माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो । कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।

दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् ।

त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले अब साउन ११ गते बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्ने तालिका छ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

त्यस्तै, नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्ने तालिका छ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

यो पनि : साफमा माल्दिभ्सविरुद्ध नेपालले सानदार जित निकालेपछि यस्तो भन्छन् प्रशिक्षक अल्मुताइरी