नेपालसँग खेल्नु अघि श्रीलंकाको खराब प्रदर्शन, बङ्गलादेशको रोमाञ्चक जित

Image

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा बङ्गलादेशले विजय सुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा श्रीलंकालाई १–० ले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा बङ्गलादेश र श्रीलंका बीचको यस प्रतियोगिताको दोस्रो खेल थियो।

कोलकाताको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा बंगलादेशको जितमा मिराजुल इश्लामले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका हुन् । खेल अवधिभर दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे । श्रीलंकाले गोल गर्ने केही अवसर सिर्जना गरेको थियो । तर, ऊ त्यसमा सफल हुन सकेन ।

यस अघि नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालाई शानदार जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे ।खेलको ४२औँ मिनेटमा दीपेश गुरुङको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ५८औँ मिनेटमा सुगमले नेपालको अग्रता दोब्बर बनाए । ६१औँ मिनेटमा कृतिशले पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल गरे ।

थप गरिएको समयमा मनग्यले गोल गरेपछि नेपाललले ४–० को सहज जित दर्ता गरेको हो । जितसँगै नेपालले तीन अंक जोड्दा मल्दिभ्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ ।

नेपालले १५ साउनमा आयोजक भारतको सामना गर्ने तालिका छ । राउन्ड रोविनको अन्तिम खेलमा नेपालले १७ साउनमा बंगलादेशको सामना गर्नेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

यो पनि : माल्दिभ्सविरुद्ध फराकिलो अग्रता बनाउँदै नेपाल, गर्‍यो गोलको वर्षा
यो पनि : माल्दिभ्सविरूद्ध नेपाललाई अग्रता, दिपेशले गरे उत्कष्ट गोल
यो पनि : माल्दिभ्सबिरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक, यसरी हेर्न सकिन्छ लाइभ