काठमाडौं ।
टी–२० अन्तराष्ट्रियमा खेलमा फ्रान्सका ओपनरले विश्व कीर्तिमान बनाएका छन् । फ्रान्सका युवा ब्याटर मुस्ताभ म्याककिनलेले कम उमेरमा टी–२० अन्तराष्ट्रियमा शतक प्रहारको कीर्तिमान बनाएका छन् । उनले १८ वर्ष २८० दिनमा शतक बनाए । फिनल्याण्डमा जारी रहेको आईसीसी टी–२० विश्वकप २०२४ को युरोप क्षेत्रीय छनोटमा उनले कीर्तिमान बनाएका हुन् ।
स्विट्जरल्याण्डविरुद्ध म्याककिनले ६१ बलमा ९ छक्का र ५ चौकाचौकासहित १०९ रन बनाएका थिए । यस अघि यस कीर्तिमान अफगानस्तानका ओपनर हजरतुल्लाह जाजाईको नाममा रहेको थियो । योसँगै उनले अफगानिस्तानका ओपनर हजरतुल्लाह जजाईँको रेकर्ड समेत तोडेका छन् । जजाईँले २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा अविजित १६२ रनको पारी खेलेका थिए । उनले २० वर्ष ३३७ दिनमा सो पारी खेलेका हुन् ।
यस सूचीमा नेपालका दीपेन्द्र सिंह ऐरी पाचौँ स्थानमा छन् । ऐरीले गत अप्रिलमा मलेसियाविरुद्ध २२ वर्ष ६८ दिनको रहँदा शतक प्रहार गरेका थिए । उनले २०२२ मा नेपालमा भएको खेलमा मलेसियाविरुद्ध शतकीय पारी खेलेका थिए ।
टी–२० अन्तर्राष्ट्रियमा कम उमेरमा शतक बनाउने सूचीको तेस्रो र चौथो स्थानमा रोमानियाका शिवकुमार पेरियालवारको नाम आउँछ । उनले २०१९ मा टर्कीविरुद्ध २१ वर्ष १६१ दिनमा शतकीय पारी खेलेका थिए । त्यस्तै, यो सूचीको चौथो स्थानमा रुवान्डाका अर्काइड तुईसेन्गेको नाम आउँछ । उनले २०२१ मा सेशेल्सविरुद्ध २१ वर्ष १९० दिनमा शतकीय पारी खेलेका थिए ।
यो पनि : पूर्वकप्तान पारस ‘लेजेण्ड्स लिग क्रिकेट’ मा अनुबन्ध भएपछि यस्तो भन्छन् सन्दीप
नेपालका पूर्वकप्तान पारस खड्काले संन्यास लिएका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सहभागी हुने टी-२० क्रिकेट प्रतियोगिता ‘लिजेन्ड्स लिग क्रिकेट’ खेल्ने भएका छन्। प्रतियोगिताको दोस्रो सिजनमा पारस पनि सहभागी हुने आयोजकले आइतबार सार्वजनिक गरेको हो।
उनले खेल्ने टिमको नाम भने केही दिनभित्र सार्वजनिक गरिनेछ । लिग आगामी सेप्टेम्बरमा हुनेछ । दोस्रो संस्करणमा चारवटा फ्रेञ्चाइज टिमले खेल्ने छन् । प्रतियोगिताको पहिलो सिजन गत जनावरीमा ओमानमा भएको थियो।
त्यतिबेला तीन टिम सहभागी भएका थिए। ओमानमा नै आगामी सेप्टेम्बरमा हुने दोस्रो संस्करणमा लागि आयोजकले चार वटा नयाँ फ्रेञ्चाइज टिम घोषणा गर्ने जनाएको छ। लिगमा पारससहित ५० जना लिजेन्ड खेलाडी सहभागी हुने आयोजकको भनाइ छ।
हाल नेपालको बलिङ प्रशिक्षक रहेका धम्मीका प्रसाद पनि लिगमा सहभागी हुनेछन्। यस्तै चामिन्दा भास, थिसारा परेरा, प्रज्ञान ओझा, पार्थिव पटेल, मिचेल जोनसन, हरभजन सिंह लगायतका खेलाडी पनि सहभागी हुनेछन्। गत वर्षको साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारसले तीन वर्षअघि नेपालको कप्तानबाट राजीनामा दिएका थिए।
२२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तानमा पर्छन्। उनको नेतृत्वमा नेपालले डिभिजन-५ देखि एकदिवसीय टिम र टी-२० टिमको मान्यता पायो। १० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले २०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए।
पारसले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि उनी पहिलोपटक मैदान उत्रनेछन् ।
लेजेण्ड्स लिग क्रिकेटमा पारस अनुबन्ध भएसँगै नेपाली टिमका कप्तान सन्दीप लामिछानेले उनलाई बधाई तथा शुभकामना दिएका छन् । साथै, उनले फेरि एकपटक दिग्गज खेलाडीहरूलाई मैदानमा देख्न निकै उत्सुक रहेको पनि उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्‘ यो अचम्मको खबर हो । सबै दिग्गजहरूलाई फेरि मैदानमा फर्केर हेर्नको लागि तत्पर छौं । हाम्रो आफ्नै पारस खड्का दाईलाई शुभकामना, हार्दिक शुभकामना,’ ।