नेपाली राष्ट्रिय टोलीका कप्तान सीता र रुबिनाको वरीयता सुधार, यस्तो छ नयाँ वरीयता

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगरको आईसीसी महिला टी-ट्वान्टी वरीयतामा सुधार भएको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिना र सीताको ब्याटिङ वरीयता सुधार भएको छ ।

ब्याटिङ वरीयतामा एक स्थान सुधार गर्दै सीता ६४ औं स्थानमा उक्लिएकी छिन् । एक स्थान सुधार गरेकी रुबिना ८४ औं स्थानमा उक्लिएकी छिन् । ब्याटिङतर्फ नेपालकी ज्योति पाण्डे १०० औं स्थानमा झरेकी छिन् ।

यस्तै बलिङतर्फ नेपालकी कविता कुँवर ७४ औं स्थानमा यथावत रहेकी छिन् । बलिङमा सीता ८० औं स्थानमा यथावत रहदा रुबिना ८१ औं स्थानमा यथावत रहेकी छिन् । आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ।

यस्तो छ सन्दीप आबद्द जमैकाको खेल तालिका

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्दै छन्। दशौँ संस्करणको सीपीएलका लागि सन्दीप जमैका तालाबाजमा अनुबन्ध भएका छन् । दशौँ संस्करणको सीपीएल आगामी भदौ १६ बाट असोज १४ गतेसम्म आयोजना हुनेछ ।

यस प्रतियोगितामा जमैका तालाबाज,सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स,ट्रिन्बागो नाईटराईडर्स,गुयना अमेजन वारियर्स,सेन्ट लुसिया किंग्स तथा बारबाडोस रोयल्स गरि ६ टोलीको सहभागीता रहने छ ।

जमैकाको खेल तालिका नेपाली समय अनुसार –

यस संस्करणको उद्घाटन खेल नै जमैकाको रहेको छ। जमैकाले भदौ १६ मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँग बिहान ४:४५ बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल भदौ १८ गते गुयना अमेजन वारियर्ससँग बेलुका ७:४५ मा खेल रहेको छ । तेस्रो खेल भदौ २३ गते सेन्ट लुसिया किंग्ससँग बिहान ४:४५ मा रहेको छ ।

चौथो खेल २५ गते ट्रिन्बागो नाईटराईडर्ससँग बेलुका ७:४५ मा रहेको छ । पाँचौ खेल बारबाडोस रोयल्ससँग भदौ २६ गते बेलुका ७:४५ मा रहेको छ । छैटौं खेल भदौ २९ मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबिच बेलुका ७:४५ मा रहेको छ । सातौं खेल भदौ ३० गते बारबाडोस रोयल्सविरुद्ध बेलुका ७:४५ मा रहेको छ ।

आठौं खेल असोज १ गते ट्रिन्बागो नाईटराईडर्सविरुद्ध बिहान ५:४५ मा रहेको छ । नवौं खेल असोज ६ गते बिहान ४:४५ मा गुयना अमेजन वारियर्सविरुद्ध रहेको छ । समूह चरणको अन्तिम तथा दशौं खेलमा जमैकाले सेन्ट लुसिया किंग्सविरुद्ध खेल्ने छ । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।