माल्दिभ्सलाई हराउँदै बंगलादेश शीर्ष स्थानमा, यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

बंगलादेशले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा लगातार तेस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार तेस्रो जित निकालेको हो ।

बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे । मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो । माल्दिभ्सका जेइन जाफरले एक गोल फर्काए ।

यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक ओडेको छ । बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा भारतलाई २-१ गोल अन्तरले हराएको थियो । माल्दिभ्सको यो दोस्रो हार हो ।

बङ्गलादेशको जितले भारतलाई अब फाइनल प्रवेश गर्ने झन् कठिन भएको छ। अब भारतलाई फाइनल प्रवेश गर्नको लागि बाँकी रहेका दुवै खेलमा विशाल जित हासिल गर्न पर्ने भएको छ।

साफ यू-२० च्याम्पियनसिपमा भारतको पहिलो जित, यस्तो बन्यो अंक तालिका

आयोजक भारतले साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । शुक्रबार भएको खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले हराउँदै घरेलु टोली भारतले पहिलो जित हात पारेको हो । पहिलो खेलमा ऊ बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे । हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक एक गोल थपे । भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५० औं मिनेटमा हिमान्सुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गर्दा भारत २-० ले अघि रह्यो ।

७४ औं मिनेटमा गुर्किरातले गोल गर्दै टोलीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।

जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो । श्रीलंकाको यो लगातार तेस्रो हार हो । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल २ म्याचमा ६ अंकसाथ शीर्ष स्थानमा छन्। बंगलादेश पनि २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। गोलअन्तरमा नेपाल अघि छ। प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।