साफ यू-२० च्याम्पियनसिपमा नेपालले भोली इतिहाँस रच्ने ठुलो मौका

Image

काठमाडौं ।

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आफ्नो तेस्रो खेलमा नेपालले भोलि (आइतबार) भारतविरुद्ध खेल्दैछ । नेपाल र भारतबीचको खेल भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा बेलुका ७:१५ बजे सुरु हुनेछ ।

यस्तै साविक विजेता भारत हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा ठुलो प्रतिस्पर्धा हुने निश्चित नै छ ।‌‌ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल भारतलाई हराउँदै एक खेल अगावै फाइनलमा पुग्न चाहन्छ । यदि भोलिको खेलमा नेपाल विजयी भए एक खेल अघिनै फाइनलकाे यात्रा तय गर्नेछ । साथै नेपालले भारतलाई हराएर फाइनल प्रवेश गरे नेपालले साफमा इतिहाँस रच्ने छ।

नेपालले भारतलाई पराजित गरे इतिहाँसमा नै यू–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्ने नेपाल दोस्रो टोली बन्ने छ। यस अघि बंगलादेश फाइनल प्रवेश गरेको छ । बंगलादेशले लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।भोलि खेलमा आफ्नो र भारतको भाग्य नेपालको हातमा रहेको छ।

यदि भोलि नेपाल पराजित भए फाइनल प्रवेशको लागि बङ्गलादेश विरूद्ध जित हासिल गर्नु पर्ने हुन्छ। बंगलादेशले एक खेल अघि नै फाइनल प्रवेश गरिसकेको छ। भोलि नेपाल पराजित भए नेपाल आफ्नो अन्तिम खेल जित हासिल गर्ने पर्ने हुन्छ।यता भारतलाई भने नेपाल विरूद्ध विशाल जितको आवश्यकता पर्ने छ।यदि नेपाल भारत विरूद्ध जित हासिल गरे भारत एक खेल अघि नै अंक विहिन श्रीलंकासँगै फाइनल प्रवेशबाट बाहिरीने छ।

यदि भारतविरूद्ध नेपाल पराजित भए मात्र भारतको फाइनल प्रवेशको सम्भावना रहने छ। तर नेपालले भने बराबरी भए पनि फाइनल प्रवेशको ढोका खुल्ला रहने छ। अन्तिम खेलमा बङ्गलादेशसँग बराबरी गर्ने पर्ने हुन्छ। यदि नेपाल भारत र बंगलादेशसँग बराबरी भए वा एक खलमा जित हासिल गर्ने फाइनल प्रवेश गर्ने छ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गरेको छ । बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ। बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो । बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । यस्तै बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।

हाल सम्म नेपालले दुई खेल खेलेको छ जसमा विजय हासिल गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–०ले पराजित गरेको थियो।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो । नेपालले दुई खेलमा ६ अंक जोडेको छ । यो संगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

भारत भने पहिलो जित सहित तेस्रो स्थानमा रहेको छ । भारतले दुई खेल खेलिसकेको छ। एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।भारत ३ अंक सहित तेस्रो स्थानमा रहेको छ। माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छन् । माल्दिभ्स भने पहिलो खेलमा नेपालसँग ४-० ले हार बेहोरेको थियो।भने दोस्रो खेलमा शुक्रबार बंलादेश विरुद्ध ४–१ ले पराजित भएको थियो।श्रीलंका भने अंक विहिन बन्दै फाइनल प्रवेशबाट बाहिरिएको छ।

साफ यू–२० को इतिहास

साफ यू–२० नाममा पहिलोपटक आयोजना हुन लागेको भएपनि यस प्रतियोगिताको सुरुवात सन् २०१५ मा भएको थियो । २०१५ मा साफ यू–१९ को नामबाट सुरुवात भएको यस प्रतियोगिता चौथो संकरणसम्म आइपुग्दा साफ यू–२० मा रूपान्तरण भएको हो । २०१७ र २०१९ मा यसलाई साफ यू–१८ को नामबाट आयोजना गरिएको थियो । हालसम्म यसको तीन संस्करण समापन भइसक्दा नेपालले दुई तथा भारतले एक उपाधि हात पारेका छन् ।

सन् २०१५ मा साफ यू–१९ को नाममा घरेलु भूमिमै आयोजना भएको यो प्रतियोगिताको पहिलो संकरणको उपाधि नेपालले जित्यो । उसले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि हात पारेको हो । समूह चरणमा भुटानलाई ३–१ र बंगलादेशलाई २–१ ले हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तालाई ३–२ ले पराजित गरेको थियो ।

सन् २०१८ मा यो प्रतियोगिता साफ यू–१८ को नामले भुटानमा आयोजना गरियो । यो पटक पनि विजेता बन्दै नेपालले उपाधि रक्षा गर्न सफल भयो । सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालले माल्दिभ्स र भारतलाई समान २–० तथा बंगलादेशलाई २–१ ले पराजित गर्दा भुटानसँग १–० को हार बेहोरेको थियो । बंगलादेशसँग समान ९ अंक रहे पनि नेपाल ‘हेड टु हेड’ को आधारमा शीर्ष स्थनमा रहँदै विजेता बनेको हो ।

सन् २०१९ मा पनि यो प्रतियोगिता साफ यू–१८ कै नामले आयोजना गरियो । नेपालमै आयोजना भएको यो संस्करणको उपाधि भारतले उचाल्यो । भारतले फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि उचालेको हो । अघिल्लो दुई संस्करणको विजेता नेपालले भने घरेलु भूमिमै समूह चरण पार गर्न सकेन ।

समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग ३–० को फराकिलो हार बेहोर्‍यो । पहिलो संस्करणमा समूह ‘बी’ का दुवै खेलमा हार बेहोरेको माल्दिभ्सले समूह चरण पार गर्न सकेन । ऊ अफगानिस्तासँग ३–१ र भातसँग ३–० ले पराजित भएको थियो ।

सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालित प्रतियोगिताको दोस्रो संस्करणमा पनि माल्दिभ्स बिना जित अन्तिम रहेर बाहिरियो । माल्दिभ्स भुटानसँग १–०, नेपाल र बंगलादेशसँग समान २–० तथा भारतसँग २–१ ले पराजित भएको थियो । अघिल्ला दुई संकरणमा जितविहीन हुँदै बाहिरिएको माल्दिभ्सले तेस्रो संस्करणमा भने तेस्रो स्थान हासिल गर्‍यो ।

भुटान गोलरहित तथा नेपालसँग समान १–१ को बराबरी खेल्दै समूह ‘ए’ को उप विजेतका रुपमा सेमिफाइनल पुगेको माल्दिभ्स भारतसँग ४–० ले पराजित हुँदै फाइनलमा स्थान बनाउन असफल रह्यो । माल्दिभ्सले तेस्रो स्थानका लागि भएको खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो ।