बंगलादेशविरूद्धको टी-२० सिरिजमा जिम्बाब्वेको विजयी, यी खेलाडी बने जितका ‘नायक’

Image

काठमाडौं ।

जिम्बाब्बेले बंगलादेशविरूद्धको टी-२० क्रिकेट सिरिजमा विजयी सुरुआत गरेको छ। हरारेमा गएराति भएको बंगलादेशसँगको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली जिम्बाब्वे १८ रनले विजयी भएको हो।

जिम्बाम्मेले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन मानत्र बनाउन सक्यो। उसका लागि कप्तान नुरूल हसनले सर्वाधिक ४२ रन बनाए। यस्तै नाजमुल हसनले ३७ रन बनाउँदा लिथन दासले ३२ रन जोडे।

जिम्बाब्बेका लुके जोङ्गेले २ विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०५ रन बनाएको थियो।

उसका लागि उस्ले माधिभेरी तथा सिकन्दर राजाले अर्धशतकीय पारी खेले। राजाले मात्र २६ बलमा ६५ रनको पारी खेल्दा माधिभेरीले ४६ बलमा ६७ रन बनाए। सिन विलियम्सले ३३ रन बनाए। बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए।

यो जितसँगै घरेलु टोली जिम्बाब्बेले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। यी दुई टोलीबीच आज दोस्रो टी–२० खेल हुनेछ। त्यस्तै मङ्गलबार तेस्रो तथा अन्तिम टी–२० खेल हुनेछ। बङ्लादेश र जिम्बाब्वेबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो शुक्रवारदेखि सुरू हुनेछ।