Khabar Board
Flash logo up side
flash header

यसरी हुनेछ फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को छनोट, नेपालले पहिलो चरण खेल्नुपर्ने

Nirbachan m

काठमाडौं ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोट चार राउन्डमा हुने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाका ४७ सदस्य राष्ट्रका लागि छनोटको ढाँचा सार्वजनिक गरेको हो।  एएफसीको कार्यकारी समितिले आइतबार यो निर्णय गरेको एएफसीले जनाएको छ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ मा ४८ टिमबीच प्रतिस्पर्धा हुने तय छ। एसियन कप २०२७ मा २४ टिमबीच भिडन्त हुनेछ।

फिफा विश्वकप २०२६ मा एसियाका लागि ८ टिमको कोटा छ। यस्तै एसियाका एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछन्। प्लेअफ जितेको अवस्थामा २०२६ मा एसियाबाट ९ टिमले विश्वकपमा भाग लिन सक्नेछन्। हालको वरीयताअनुसार नेपालले पहिलो चरणकै छनोटमा प्रतिस्पर्धा गर्नु पर्ने भएको छ।

किनभने एएफसीले वरीयताको आधारमा पहिलो चरणको छनोट गर्ने भएको छ। जसमा एसियाको २६औं वरीयतादेखिका टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्नु पर्नेछ। हाल नेपाल एसियाको वरीयतामा ४७ टिममध्ये ३७औं स्थानमा छ।

फिफा विश्वकप २०२६ एसिया छनोट :- पहिलो राउन्ड : पहिलो राउन्डमा २२ टिम सहभागी हुने भएका छन्। जसमा एएफसीको वरीयतामा रहेका २६ देखि ४७ औं स्थानका टिम हुनेछन्। २२ टिममध्ये दुई-दुई टिम एकआपसमा भिड्नेछन्। ११ विजेता दोस्रो राउन्डमा पुग्नेछन्। एएफसीका अनुसार पहिलो राउन्ड अक्टोबर २०२३ मा हुनेछ।

Center article

दोस्रो राउन्ड : दोस्रो राउन्डमा १ देखि २५ औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका ११ टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ। ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ। एक समूहमा चार टिम हुनेछन्। होम एन्ड अवेका आधारमा समूहको प्रतिस्पर्धा हुनेछ। ९ समूहको विजेता र उपविजेता गरी १८ टिम एएफसी एसियन कपमा पुग्नेछन् भने फिफा विश्वकप छनोटको तेस्रो राउन्डमा पुग्नेछन्। दोस्रो राउन्ड मार्च २०२४ मा हुनेछ।

एएफसी एसियन क्वालिफायर : १८ टिमबीच तेस्रो चरणमा फिफा विश्वकप २०२६ का लागि प्रतिस्पर्धा हुनेछ। १८ टिमलाई तीन समूहमा विभाजन गरिनेछ। एक समूहमा ६ टिम हुनेछन्। टिमहरू होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन्। तीन समूहका विजेता र उपविजेता गरी ६ टिम फिफा विश्वकप २०२६ का लागि छनोट हुनेछन्।

एसियाली प्लेअफ: एसियन क्वालिफायरका तीन समूहका तेस्रो र चौथो स्थानमा रहेका ६ टिम प्लेअफमा रहनेछन्। ६ टिमलाई तीन-तीन टोलीको दुई समूहमा विभाजन गरी सिंगल राउण्ड रोबिन ढाँचामा प्रतिस्पर्धा गरिनेछ। दुई समूहका शीर्ष दुई टिम फिफा विश्वकप २०२६ मा पुग्नेछन्। यसरी आठ टिम एसियाबाट विश्वकपमा पुग्नेछन्। दुई समूहमा दोस्रो स्थानमा रहेका दुई टिमले इन्टरकन्टिनेन्टल प्लेअफका लागि भिड्नेछन्।

एएफसी एसियन कप २०२७ : दोस्रो राउन्डको समूह विजेता र उपविजेता गरी १८ टिम एसियन कप २०२७ मा स्वत: छनोट हुनेछन्। बाँकी ६ स्थानका लागि एसियन कप छनोट हुनेछ।

एसियन कप छनोट : विश्वकप छनोटको दोस्रो राउन्डको प्रतिस्पर्धामा समूहमा तेस्रो र चौथो भएका १८ टिम पुग्नेछन्। यस्तै पहिलो चरणमा पराजित भएका १० टिमबाट प्लेअफ गराउँदै ५ टिम पनि छनोटमा पुग्नेछन्। पहिलो चरणमा पराजित हुने एउटा उत्कृष्ट वरीयताको टिम छनोटमा पुग्नेछ। यसरी २४ टिमबीच छनोट हुनेछ। ६ समूहका शीर्ष ६ टिम एसियन कप २०२७ मा पुग्नेछन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.